काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको आइसिसी टी–२०आई ब्याटिङ वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा रोहित दुई स्थान तल खस्किएका हुन्। योसँगै उनी नयाँ वरीयतामा ६६औं स्थानमा छन्।
यस्तै, आसिफ शेखको वरीयता पनि दुई स्थान तल खस्किएको छ। उनी ७७औं स्थानमा पुगेका छन्।
दीपेन्द्रसिंह ऐरी ६१औं स्थानमा कायम छन्। यस्तै, ओपनर कुशल भुर्तेलले १० स्थान सुधार गरेका छन्।
यसअघि उनी ९३औं स्थानमा थिए।