काठमाडौं । बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आगामी शनिबार आयोजना हुने भएको छ ।
बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र भोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने प्रतियोगितामा कुल ३२ गाडी सहित ७७ जना खेलाडीकोे सहभागीता रहनेछ । कार्यक्रममा १८ जना दक्ष मार्शल परिचालन हुने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आर्थिक सहयोग रहने र्याली रोयल टुलिप काठमाडी, ग्वार्को ललितपुरबाट शुरु भएरु लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुदै बनेपास्थित चण्डेश्वरी ड्राइभिङ्ग स्कूलमा पुगेर समापन हुनेछ ।
टीडीएस सिस्टममा हुने र्याली पश्चात सोही ड्राईभिङ स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिने आयोजकले जनाएको छ । सो जिमखानाका लागि आकर्षक अस्थायी सर्किट निमार्ण गरिने बताईएको छ । कुल २ लाख पुरस्कार राशीको र्यालीका विजेताले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर समेत प्राप्त गर्नेछन् भने अटोजिमखानाका कूल ३ जना विजेता खेलाडीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विजेता खेलाडी एसियन अटोजिमखानामा छनोट हुने आयोजकले जनाएको छ ।
दुवै ईभेन्टको दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ भने एक ईभेन्टमा मात्र सहभागी हुन ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ । र्यालीको टिममा २ जना ड्राइभर रहने छन् भने रेसिङ्गमा एक जनाले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।
‘समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो भने अस्थाई रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ्ग स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।’ आयोजक संस्थाका अध्यक्ष राजन पियाले बताए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनले स्वीकृति प्रदान गरेको कार्यक्रमलाई संघको मार्शल तथा ट्रेनिङ्ग कमिसनले प्राविधिक संयोजन गर्नेछ ।