काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले महिला र पुरुषको लिग गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ८० लाख रुपैयाँ दिने प्रस्ताव राखेको छ।
मन्त्रालयले रातो कितावमा दुवै लिगका लागि समान ४० लाख रुपैयाँ छुट्टाएको हो। एन्फाले गत माघमा महिला लिग सक्काएको थियो। यस वर्षको वार्षिक क्यालेन्डरमा भने लिग भदौ २२ गतेदेखि हुने भनिएको छ।
लिग तीन महिना चल्ने छ। गत संस्करण विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई फाइनलमा ४–० ले पराजित गर्दै उपाधि हात पारेको थियो।
यही लिगका लागि साउन २७ गतेदेखि छनोट प्रतियोगिता हुँदैछ। प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले सहभागिता जनाउँदैछन्।
‘ए’ डिभिजन लिग भने २०८० जेठदेखि हुन सकेको छैन। यसपल्टको लिग भने पुस १ गतेदेखि लिग सुरु भएर २०८३ जेठ ३१ गते सकिने क्यालेन्डरमा जनाइएको छ। अर्थात यसपल्ट लिग पाँच महिना चल्नेछ।