काठमाडौं। अन्तर्राष्ट्रिय क्लब फुटबलको नयाँ आयामको रूपमा प्रचार गरिएको क्लब विश्वकप अमेरिकामा सुरू भएदेखि नै दर्शक उपस्थिति उत्साहजनक देखिएको छैन।
जुन १७ मा फ्लोरिडाको ओरल्यान्डोस्थित इन्टर एन्ड को स्टेडियममा दक्षिण अफ्रिकाको ममेलोदी सन्डाउन र दक्षिण कोरियाको उल्सानबीचको खेल सुरु हुनुभन्दा केही समयअघि नै स्थिति स्पष्ट थियो—दर्शक आउनेवाला छैनन्।
खेल सुरु हुनुअघि नै स्टेडियमका पंक्तिहरू खाली थिए। सामाजिक सञ्जालमा एक जना दर्शकले लेखे,‘लकडाउनमा फुटबल खेलिरहेको जस्तो लाग्यो।’
शनिबार बिहानको उक्त खेल सकिएपछि फिफाले आफ्नो वेबसाइटमा ३ हजार ४१२ दर्शकको उपस्थिति रहेको जानकारी दिइयो। यद्यपि, खेल सुरू हुँदा हजारभन्दा कम दर्शक देखिएका थिए।
यसको विपरीत क्लबसहित पेरिस सेन्ट-जर्मेन र एट्लेटिको मड्रिडबीचको खेल हेर्न क्यालिफोर्नियाको रोज बाउलमा ८० हजार ६१९ दर्शक उपस्थित भए।
यो फरकले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको महत्वाकांक्षालाई चुनौती दिएको छ। ओरल्यान्डोको स्टेडियममा २५ हजार ५०० सिट क्षमतासहित एमएलएस क्लब ओरल्यान्डो सिटीले खेल्ने गर्छ। तर, क्लब विश्वकपको खेल हुँदा त्यो स्टेडियम अत्यधिक ठूलो देखियो। टिकट मूल्य घटेर २३ डलर पुगे पनि यो नपुग्दो उपस्थिति रह्यो।
अझ चेल्सी र एलएएफसी बीच एटलान्टामा भएको खेलमा पनि स्टेडियमको दुई तिहाइ सिट खाली थियो। ७१ हजार सिट क्षमतामध्ये मात्रै २२ हजार भरिए।
लिओनल मेसीको सहभागिता भएको अर्को खेलमा पनि ३१ हजार ७८३ मात्र दर्शक आए, जुन स्टेडियमको आधा भन्दा कम थियो।
मियामीमा भने उपस्थिति सन्तोषजनक रह्यो। बीचको खेलमा कम्तीमा ५५ हजार दर्शक आए । बायर्न म्युनिख र बोका जुनियर्सको खेलमा ६३ हजार ५८७ दर्शक पुगे। बायर्नका स्ट्राइकर ह्यारी केनले भने, ‘यो हस्टाइल वातावरण थियो।’
फिफाका अनुसार उद्घाटन हप्तामा १.५ मिलियन टिकट बिक्री भइसकेको छ। ८ खेलमा ३ लाख ४० हजारभन्दा बढी दर्शक पुगेका छन्। यद्यपि कतिपय खेलमा दर्शकको उपस्थिति १० हजारभन्दा पनि कम थियो।
फिफाले यस प्रतियोगितालाई विश्व क्लब फुटबलको अविवादित शिखर बनाउने दाबी गरे पनि सुरुआती हप्तामा दर्शक उपस्थिति असमान रह्यो। कतिपय खेलमा ४० हजारभन्दा बढी दर्शक भए पनि केही खेल सुनसान रहन पुगे।
यो क्लब विश्वकप अमेरिकामा २०२६ मा हुने विश्वकपको पूर्वसन्धमा अमेरिकामा फुटबलको लोकप्रियताको ‘गौज’ जस्तै बनेको छ। फिफाले यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना गर्दै गर्दा यहाँको रुचिलाई नजिकबाट नियालिरहेको छ।
अन्ततः यो प्रतियोगिता आँकडा मात्र नभएर दृश्य प्रभावका लागि पनि महत्त्वपूर्ण छ। त्यसैले फिफा अब फेरि ओरल्यान्डोजस्तो दृश्य दोहोरिन नदिने पक्षमा देखिन्छ।