काठमाडौं। नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ।
मञ्चले पोखरामा माध्यमिक तहस्तरीय (कक्षा ८ देखि १० सम्मका) वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले बताए।
प्रतियोगितामा प्रथम हुने एकजनालाई नगद १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार तथा सान्त्वनास्वरुप २ जनालाई ३ हजार पाउने छन्।