काठमाडौं। पार्ट टाइम बलर कुशल भुर्तेलले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पाँचौं सफलता दिलाएका छन्।
१२.४ ओभरमा कुशल भुर्तेलले जर्ज मुन्सेको विकेट लिएका थिए। ३९ बलमा उनले ५ चौका र ६ छक्कासहित ७८ रन बनाएका थिए।
१५.३ ओभरमा उनले कप्तान रिचर्ड बेरिङटनको विकेट लिएका हुन्। रिचर्डले ८ बलमा १ चौकासहित ९ रन बनाए।