काठमाडौं। नेपालले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ४ बलमै दुई विकेट लिएको छ।
१२.४ ओभरमा कुशल भुर्तेलले जर्ज मुन्सेको विकेट लिएका थिए। ३९ बलमा उनले ५ चौका र ६ छक्कासहित ७८ रन बनाएका थिए। त्यको ३ बलपछि नै सन्दीपले अर्का खतरानायक ब्याटर ब्रान्डन म्याकमुलनलाई बोल्ड गरेका हुन्।
३० बल खेलेका उनले ४ चौका र १ छक्कासहित ४२ रन बनाएका थिए। यी दुईबीच १०० रनको विशाल साझेदारी भएको थियो।