बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य

शुक्रबार, ०६ असार २०८२खेलपाटी संवाददाता
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)ले मोटर स्पोर्ट्सको ईभेन्टमा स्वीकृति अनिवार्य गरेको छ । 

नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो । 

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले नेपालको ऐन, कानुनलेनै राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमका लागि खेलकुदको कार्यकारी निकाय र संघको स्वीकृति अनिवार्य गरेकाले त्यसलाई लागु गर्न खोजिएको बताए ।

‘खेलकुद सम्बन्धि कुनैपनि कार्यक्रम र प्रतियोगिता सरकारी निकाय मार्फत आबद्धता र स्वीकृति गराउनु सबैको हितमा हुने विषय मात्र नभई विद्यमान कानुनी र प्रचलित व्यवस्था पनि हो ।’ भट्टराईले भने ।

संघसँग स्वीकृति नलिएर सञ्चालन गरिएका मोटर स्पोर्ट्सका कार्यक्रम तथा इभेन्टमा धेरै विवाद निम्तने गरेको देखिएकाले त्यसको स्वीकृतिलाई अनिवार्य गर्न लागिएको नासा नेपालले जनाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४५ को १ मा नीति क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना वा सञ्चालन गर्नु अघि सम्बन्धित खेल संघ वा महासंघको सिफारिस सहित परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था छ । 

नासा नेपाल मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको राष्ट्रिय खेल संघको रुपमा रहेको छ । जसले नेपालमा मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्न अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)बाट समेत सदस्यता प्राप्त गरेको छ । 

संघका अध्यक्ष दशरथ रिसालले देशको नियम कानुन विपरित विभिन्न किसिमका कार तथा मोटरसाइकलका रेसिङ, र्यालिङ्ग तथा टुरिङ लगायतका प्रतियोगिता भैरहेको उल्लेख गर्दै त्यसले ड्राइभर, राइडर तथा प्राविधिकहरुको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीत, खेलकुद तथा पर्यटनको दिगोपनामा चुनौती थपेको बताए । 

‘व्यवसायिक स्वार्थ र निजि फाइदाको लागि मात्र, खेलाडी र प्राविधिकको ट्रेनिङ्ग र गुणस्तर, सुरक्षा र खेलकुदको मूल्य र मान्यता जस्ता कुरामा खेलबाड गर्दै साहसीक खेलकुद-इभेन्ट जस्तो अतिनै संवेदनशिल खेलमा हुने कुनैपनि गैरजिम्मेवार कार्य संघलाई कदापि मान्य हुनेछैन ।’ रिसालले भनेका छन् ।

Loading ad...
LiNing Ad
#मोटर स्पोर्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने