काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई स्वागत गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थ, महासंघका पदाधिकारीलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिएका छन्।
भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले स्वर्ण र शीला ठकुरीले रजत तथा पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जित्नु भएको थियो । पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे।
टोलीको अफिसियलमा दिनुशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल रहेका थिए ।