काठमाडौं। विभागीय टोली एपिएफ क्लबकी जस्ना महतो प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट सेटर घोषित भएकी छन्।
उनकै सानदार प्रदर्शनसँगै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो। उनले २० हजार रुपैयाँ प्राप्त गरिन्। एपिएफले भने उपाधिसँगै ६ लाख रुपैयाँ पायो।
एपिएफकै निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३० हजार रुपैयाँ पाइन्। श्रृष्टि खड्गीले उत्कृष्ट सर्भर घोषित हुँदै २० हजार रुपैयाँ पाइन्।