एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
शनिबार, जेठ ३२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफ क्लबकी सृष्टि खड्गी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट सर्भर घोषित भएकी छन्।
उनकै सानदार प्रदर्शनसँगै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दे उपाधि हात पारेको थियो। उनले २० हजार रुपैयाँ प्राप्त गरिन्। एपिएफले भने उपाधिसँगै ६ लाख रुपैयाँ पायो।
एपिएफकै निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३० हजार रुपैयाँ पाइन्।










-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)


