बलियो न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै

काठमाडौं। विभागीय टोली एपिएफ क्लब अहिले पुनर्निर्माण क्रममा छ।
टोलीमा भएका केही खेलाडी विदेश पलायन भएको हुँदा एपिएफले प्रतियोगिता अझ भनुम खेल नै पिच्छे नयाँ नयाँ खेलाडीलाई मौका दिइरहेको छ। त्यसैले एपिएफले पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगितामा पनि बलियो प्रदर्शन गर्न सकेको छैन।
पहिलो खेलमै नेपाल पुलिस क्लबसँग ३–० को लज्जास्पद हार बेहोरेको एपिएफलाई सेमिफाइनलसम्म पुग्न कमजोर टोली स्टेप रामपुरको सहारा लिन पर्यो। यो टोलीलाई पुलिसले ३–० को सोझो सेटले नै पराजित गरेको थियो।
अब यही एपिएफले प्रतियोगिता अपराजित रहेको न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसामु फाइनल प्रवेश गर्न चुनौती प्रस्तुत गर्दैछ। खेल अपरान्ह्र ५ बजे हुनेछ। उक्त खेलको प्रत्यक्ष प्रसारण खेलपाटीको युट्युब च्यानल खेलपाटी टिभीमार्फत हुनेछ।
राष्ट्रिय टोलीमा रहेका प्रगति नाथ, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ, सलिना बुढामगर रहेको न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
अब यो टोलीविरुद्ध पुनरागमन गर्न सके एपिएफ फाइनलमा पुग्नेछ।














-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)
