अपराजित पुलिसलाई एभरेस्टको चुनौती

काठमाडौं। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अपराजित रहने दुई टोलीमध्ये एक हो नेपाल पुलिस क्लब।
यो क्लबले पोखरा रंगशालास्थित कभर्डहलमा जारी प्रतियोगिताको समूह चरणका खेल अपराजित रहँदै सक्काएको थियो।
राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण पुलिसलाई अर्को विभागीय टोली एपिएफ र स्टेप रामपुरमाथि जित निकाल्न खासै असहज भएन। यी दुवै टोलीविरुद्ध ३–० को सोझो सेटमा जित हासिल गर्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको थियो।
यही पुलिसले अब फाइनल प्रवेश गर्न एभरेस्ट भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्ने भएको छ। खेल अपरान्ह्र ३ बजे हुनेछ। उक्त खेलको प्रत्यक्ष प्रसारण खेलपाटीको युट्युब च्यानल खेलपाटी टिभीमार्फत हुनेछ। पुलिसको तुलनामा एभरेस्ट प्रतियोगिता कमजोर देखिएको छ। भारतीय तीन खेलाडी र कप्तान अरुणा शाहीको अनुपस्थितिमा एभरेस्ट आफ्नो पहिचहान अनुसारको खेल प्रस्तुत गर्न सकेको छैन।
यसपल्ट अरुणा गण्डकी फर्किएकी छन्। त्यसैले आफ्नै एकेडेमीका खेलाडी लिएर कोर्ट उत्रिएको एभरेस्टले पहिलो खेलमै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग ३–० को लज्जास्पद हार बेहोरेको थियो।
तर, बुधबार भएको खेलमा गण्डकीमाथि ३–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। अब एभरेस्टलाई फाइनल खेल्न यही लय कायम राख्नुपर्ने चुनौती छ।














-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)
