• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३०, २०८२ खेलपाटी संवाददाता
गण्डकीमाथि पुनरागमन जित निकाल्दै एभरेस्ट सेमिफाइनलमा

पोखरा। गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित हासिल गर्दै एभरेस्ट भलिबल क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित कभर्डहलमा बिहीबार सम्पन्न खेलमा एभरेस्टले ३–१ को पुनरागमन जित हासिल गरेको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। न्यु डायमन्ड पोल ‘बी’ को विजेता हो। 

एपिएफ भने पोल ‘ए’को उपविजेता हो। न्यु डायमन्डले गण्डकी र एभरेस्टलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। एपिएफले भने प्रतियोगिताकै कमजोर टोली स्टेप रामपुरलाई बिहीबार नै ३–० को सोझो सेटमा पाखा लगाउँदै न्यु डायमन्डसँगको भेट पक्का गरेको हो।

अर्को सेमिफाइनलमा पोल ‘ए’ को विजेता नेपाल पुलिस क्लबले एभरेस्टसँग खेल्नेछ। पुलिसले एपिएफ र रामपुरलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा सहजै स्थान बनाएको हो। 

एभरेस्टले अन्तिम चारमा स्थान बनाउनेक्रममा आफ्नो टोलीकी कप्तानसमेत रहिसकेकी अरुण शाहीको नेतृत्वमा रहेको गण्डकीविरुद्ध संघर्ष गर्नुपर्‍यो। पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। 

एक समय खेल २१–२१ को स्थितिमा थियो। तर, गण्डकीले एभरेस्टलाई त्यही अंकमा रोक्दै २५–२१ को जित हासिल गर्‍यो। तर, दोस्रो सेटमा एभरेस्ट हाबी भयो।  अट्याकिङमा सुधार गरेको एभरेस्टले उक्त सेट २५–१४ ले सहजै आफ्नो बनायो। 

योसँगै खेल १–१ को स्थितिमा पुगेको थियो। तर, तेस्रो सेट पुन: प्रतिस्पर्धात्मक बन्यो। तर, यसपल्ट पनि बाजी भने एभरेस्टले नै २५–२२ ले हात पार्‍यो।  योसँगै खेल चौथो सेटमा धकालियो। तर, उक्त सेटमा पनि एभरेस्ट २५–१४ को सहज जित निकाल्न सफल रह्यो।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP