काठमाडौं। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार चार टोली ‘डु अर डाइ’को स्थितिमा कोर्ट उत्रिँदैछन्।
पोखरा रंगशालाको कभर्डहलमा पोलको अन्तिम खेलमा हुँदैछ। पहिलो खेलमा पोल ‘ए’ का विभागीय टोली एपिएफ क्लब र स्टेप रामपुर उत्रिँदैछन्। यो खेल अपरान्ह्र ३ बजे हुनेछ। दुवै टोलीलाई नेपाल पुलिस क्लबले समान ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिस शतप्रतिशत जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
अर्को खेलमा भने पोल ‘बी’ का गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब उत्रिँदैछन्। ५ बजे हुने यो खेलमा पनि दुवै टोलीलाई जित निकाल्नैपर्ने दबाबमा छ। यी दुवै टोलीलाई न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।