काठमाडौं। तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार हुने भएको छ।
सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता शनिबार रामेछापमा हुन लागेको हो। आयोजका अनुसार महिला तथा पुरुषको खुला ५५ किमी र ५ किमीको दौड सञ्चालन हुनेछ।
उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति ३ साँदी डाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङमा सम्पन्न हुनेछ।
५५ किमी दौडमा प्रथम हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ५०, तेस्रोले २५, चौथौ र पाँचौंले क्रमशः १० र ५ हजार रुपैयाँ प्राप्त गर्नछन्। छैठौंदेखि १०औं हुनेलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विदेशीसहित करिब १५० जना खेलाडी सहभागी हुनेछन्।