काठमाडौं। यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिता २६ गतेसम्म हुन लागेको हो।
बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिए।
एथलेटिक्स, टेबल टेनिस, बास्केटबल रग्बी, ब्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्बी २२ र २३ गते रंगशालामा हुने छन् । सोही मितिमा ब्याडमिन्टन देवीनगर हल बानेश्वर, टेबल टेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सञ्चालन गरिने भएको छ । यस्तै, छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने शर्माले जानकारी दिएका छन् ।
एथलेटिक्सको ट्याकतर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४ ह १०० मिटर रिले दौड र लङ जम्पमा प्रतिस्पर्धा हुने छन् । टेबल टेनिस र ब्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डवल्समा प्रतिस्पर्धा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् । यस्तै, बास्केटबल छात्र÷छात्र ३ ह ३ र रग्बीको छात्र/छात्राका प्रतियोगिता हुनेछन् ।