काठमाडौं। श्रीलंकाले ब्रुनाईसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
एएफसी एसियन कप छनोटको तयारीस्वरूप खेल हुन लागेको हो। यो खेल ५ जुन मा थाइल्यान्डको बैंककमा हुने तय छ। ब्रुनाई फिफा वरीयतामा १८५औं स्थानमा छ। श्रीलंका भने २००औं स्थानमा छ।
एएफसी एसियन कप छनोटमा श्रीलंका समूह डी मा छ। पहिलो खेलमा श्रीलंका थाइल्यान्डसँग १–० ले पराजित भएको थियो। यो समूहमा यी दुईबाहेक चाइनिज ताइपेई र तुर्किमिस्तान पनि छन्।
श्रीलंकाले १० जुनमा चाइनिज ताइपेईलाई घरेलु मैदानमा स्वगत गर्नेछ।