काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।
नेपालले गोल्डेन जुब्ली स्टेडियममा केही समयपछि भारसँग खेल्दैछ। उक्त खेलमा उर्जनले रञ्जित तामाङलाई आराम दिएका हुन्। नेपालको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने छन्।
यस्तै, कप्तान राम थापा, प्रशान्त मोक्तान र मदन पौडेलले डिफेन्स सम्हाल्ने छन्। यस्तै, सरोज दर्लामी, लछु थापा, सुजन डंगोल, धर्मेन्द्र कुँवर र सुवास बमले मिडफिल्डर सम्हाल्ने छन्।
यस्तै, विजय उराव र र सविनकुमार लुगेलीले आक्रामण सम्हाल्नेछन्।