शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘टाइटन’ डोनारुम्मा

बुधबार, बैशाख १७, २०८२खेलपाटी संवाददाता
‘टाइटन’  डोनारुम्मा
Classic Tech Internet Ad

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) का मुख्य प्रशिक्षक लुइस एनरिकेले आर्सनलविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा उत्कृष्ट बचाउ प्रदर्शन गरेका गोलकिपर जियानलुइजी डोनारुम्मालाई ‘टाइटन’ भनेर प्रशंसा गरेका छन्।

इटालीका गोलकिपर डोनारुम्माले मंगलबार राति भएको खेलमा ग्याब्रियल मार्टिनेली र लिआन्ड्रो ट्रोसार्डका सटहरू एक हातले रोक्दै पिएसजी लाई १–० को जितमा क्लिन सिट सुरक्षित गराए।

यसअघि पनि उनले नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एनफिल्डमा लिभरपुलविरुद्ध भएको प्रि–क्वार्टरफाइनलअन्तर्गत पेनाल्टी सुटआउटमा दुई बचाउ गरेका थिए। त्यस्तै, एस्टन भिल्लाविरुद्धको दोस्रो लेगको दोस्रो हाफमा गरेको सानदार प्रदर्शनकै कारण पिएसजी क्वार्टरफाइनल पार गर्न सफल भएको थियो।

एनरिके सामान्यतया टोलीको सामूहिक प्रयासको प्रशंसा गर्न रुचाउँछन्। तर, यसपटक उनले डोनारुम्माको विशेष तारिफ गरे। ‘म १४–१५ खेलाडीको मिहिनेतको चर्चा गर्न चाहन्छु। तर, यस्तो उत्कृष्ट सेट–पिस टोलीविरुद्ध खेल्दा गोल पोस्टमा एउटा टाइटन चाहिन्छ,’ एनरिकेले भने।

यद्यपि, डोनारुम्माले खेलमा एउटा त्रुटि गरे। दोस्रो हाफको सुरुआतमा डेक्लान राइसको फ्रिकिकमा उनी बल टिप्न अघि बढेका थिए। तर, बीचमै निर्णय परिवर्तन गर्दै गोल पोस्ट खाली छाडेका थिए। मिकेल मेरिनोले त्यसै मौकामा गोल गरेका थिए। तर, भिएआरले मेरिनो अफसाइड रहेको देखाएपछि गोल मान्यता दिइएन।

२६ वर्षीय डोनारुम्माको गालामा गत डिसेम्बरमा मोनाकोविरुद्ध लागेको चोटको दाग अझै छ। पुरै खेलमा उनी आत्मविश्वासपूर्ण देखिए। ट्रोसार्डको बायाँ खुट्टाको सटलाई उनले जुन चलाखिका साथ पन्छाए, त्यो विशेष उल्लेखनीय थियो।

‘उनले लिभरपुल र भिल्लाविरुद्ध जस्तै बचाउ गरे,’ आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले भने,‘यही हो च्याम्पियन्स लिगमा फरक पर्ने कुरा।’ डोनारुम्माले उत्कृष्ट प्रदर्शन गर्दै फेरि एकपटक आफूलाई प्रमाणित गरेका छन्। उनी इङ्ल्यान्डमा झन् आत्मविश्वासी देखिन्छन्।

सन् २०२० को युरोकप फाइनलमा वेम्बली स्टेडियममा इङ्ल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा गरेका बचाउ अझै उनका करियरका उच्च क्षण हुन्। तर, क्लब स्तरमा भने उनी पिएसजीलाई इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधितर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

Bajaj Pulsar Motorcycle Ad
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य