६ पल्टको च्याम्पियन एपिएफलाई हराउँदै पुलिसले जित्यो उपाधि
-1745684043.jpeg&w=3840&q=75)
काठमाडौं। ६ पल्टको च्याम्पियन एपिएफलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा पुलिसले ३–० को सोझो सेटमा जित हात पारेको हो। उपाधिसँग पुलिसले पाँच लाख रुपैयाँ हात पार्यो। एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
पुलिसले २५–१५, २५–२३ र २५–१६ स्कोर गर्दै उपाधि सुनिश्चित गर्यो। पुलिसकी कमला पुन ‘प्लेयर अफ म्याच’ घोषित भइन्। एपिएफ सुरुका पाँच संस्करण र सातौं संस्करणको विजेता हो। छैटौं संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो।
पुलिस अपराजित रहँदै च्याम्पियन बन्यो। उपाधि यात्रासम्म पुलिसले कुनैपनि सेटको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पेन। पुलिसले लिगमा न्यु डायमन्डलाई २५–१४, २५–२२ र २५–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा पुलिसले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ ले हराउदै एपीएफसंग उपाधि भेट पक्का गरेको थियो।
त्यस्तै, एपिएफले लिगमा आर्मी र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को नतिजामा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरेको थियो। सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड ३–१ ले पाखा लगाउदै फाइनल पुगेको थियो।
न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो। न्यु डायमन्डले आर्मीलाई २५–१९, २५–१२ र १५–१८ ले पराजित गर्यो। न्यु डायमन्डकी सलिना बूढामगर ‘प्लेयर अफ द म्याच’ बनिन्। न्यु डायमन्डले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


