मुख्य प्रशिक्षक जगदिश र उषा सम्मानित
बुधबार, बैशाख १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबलका टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र टिमकी सदस्य उषा भण्डारी सम्मानित भएका छन्।
शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारदेखि सुरु आठौं महिला राष्ट्रिय भलिबल प्रतियोगिताको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।
दुवै जनालाई नगद ५० हजनरसहित सम्मानित गरिएको थियो। यी दुवैलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे। सम्मान कार्यक्रममा उषा भने उपस्थित थिएनन्। उनी हाल भलिबल खेल्न हङकङ पुगेकी छन्। त्यसैले उनको बुबा र आमाले सम्मान ग्रहण गरेका थिए।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


