मेसी र डि ब्रुएनाको सुपरस्टार जोडी बन्ने सम्भावना

काठमाडौं। डेविड बेकह्यामको क्लब इन्टर मियामीले केभिन डि ब्रुएनालाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ। योसँगै लिओनल मेसीसँग सुपरस्टार जोडी बन्ने सम्भावना बढेको छ।
३३ वर्षीय डि ब्रुएनले गत साता यो सिजनको अन्त्यपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीबाटमा विदा लिने घोषणा गरेका थिए। अब मियामीले उनलाई भित्र्याउने सम्भावनाको अध्ययन गरिरहेको छ।
तर, अर्जेन्टिनी स्टार एञ्जल डि मारिया पनि मियामी भित्रिने सम्भावित खेलाडीको सूचीमा अगाडि छन्। अमेरिकन सकर लिग (एमएलएस) क्लबले यी दुईमध्ये एक जनालाई मात्र अनुबन्ध गर्ने बताइएको छ।
डि मारिया मेसीका राष्ट्रिय टोलीका साथी हुन् र उनीहरूबीच निकै राम्रो मित्रता पनि छ। हाल डि मारिया पोर्चुगलको बेन्फिकामा खेलिरहेका छन्। पछिल्लो वर्ष डि ब्रुएनाप्रति साउदी प्रो लिगको चासो देखिएको थियो। तर, उनले सिटीमै आफ्नो १०औं सिजन खेल्ने निर्णय गरेका थिए।
हाल मियामीसँग मेसी, सर्जियो बुस्केट्स र जोर्डी अल्बा गरी तीनजना ‘डिजिग्नेटेड प्लेयर’ (तलब सीमा बाहिरका खेलाडी) छन्। जसले गर्दा थप एकजना स्टार खेलाडी ल्याउन क्लबलाई योजना बनाउनुपर्नेछ। डि ब्रुएना सिटीसँगको अनुबन्ध ३० जुनमा समाप्त भएपछि स्वतन्त्र खेलाडी हुनेछन्।
मियामीका सह–मालिक तथा अध्यक्ष बेकह्याम उनलाई फ्लोरिडा ल्याउने सोचमा छन्। जुलाई २०२३ मा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट मियामी आएका मेसी क्लबका मुख्य स्टार खेलाडी हुन्। जुलाईमा खुल्ने स्थानान्तरण विन्डोमार्फत मियामीले टोलिको दोस्रो आधा सिजनका लागि आवश्यक समायोजन गर्न सक्नेछ।
यस सिजनको सुरुआतमा मियामीले खेलेका पहिलो ६ खेलमा अपराजित रहँदै राम्रो प्रदर्शन गरिरहेको छ। गत सिजन क्लबले स्पोर्ट्स शिल्ड जितेको थियो। तर, प्लेअफमा एटलान्टा युनाइटेडसँग हार बेहोरेको थियो।
स्पोर्ट्स शिल्ड जितेको उपलब्धिपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेसी र उनको टोलीलाई यस समरको क्लब विश्वकपमा वाइल्डकार्ड प्रवेश दिएका छन्।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

