लिभरपुलसँग नयाँ सम्झौता गर्नेनजिक भान डाइक

काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका कप्तान भर्जिल भान डाइक क्लबसँग नयाँ सम्झौता गर्नेनजिक पुगेका छन्।
भान डाइकले सोमबार भने,‘प्रगति भइरहेको छ। यी कुरा आन्तरिक रूपमा भइरहेको छन्, हेरौं के हुन्छ।’
३४ वर्षे डच डिफेन्डरको सम्झौता यस सिजनपछि समाप्त हुँदैछ। उनीसँगै लिभरपुलका दुई अन्य स्टार खेलाडी मोहम्मद सलाह र ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पनि सम्झौता सकिँदैछ। यी तीन खेलाडीले सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिगको उपाधि जितेका थिए।
अर्नोल्ड भने रियल मड्रिड जाने चर्चा चलिरहेको छ।भान डाइक र सलाह भने लिभरपुलमै रहने सम्भावना बलियो देखिएको छ। हाल लिभरपुलले प्रिमियर लिगमा सात खेल बाँकी रहँदा दोस्रो स्थानको आर्सेनलभन्दा ११ अंकले अगाडि छ। यद्यपि, पछिल्ला चार खेलमध्ये तीनमा पराजित हुँदा क्लबको लय अलि कमजोर देखिएको छ।













-1763309767672.webp&w=3840&q=75)