यमनको गोलसँगै कुमारीको पहिलो जित
सोमबार, २५ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। यमन महर्जनको निर्णायक गोलसँगै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा कुमारीले बाँसबारीलाई १–० ले पराजित गरेको हो।
यो नतिजासँगै कुमारीले पाँच खेलबाट तीन अंक पुर्याएको छ। बाँसबारीको भने समान खेलबाट ६ अंक छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ७५औं मिनेटमा यमनले गोल गर्दै कुमारीको जित पक्का गरे।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

