मिडफिल्डर रेनुका सम्मानित
सोमबार, चैत २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन्।
गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित एनसिएम डे को अवसरमा सोमबार रेनुकालाई सम्मान गरिएको हो। उनले ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मानपत्र प्राप्त गरिन्।
सन् २०१० मा उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्।













-1763309767672.webp&w=3840&q=75)