झापासँग रोकियो काठमाडौं
बिहिबार, २१ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरीमा रोकिएका छन।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो।
योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक पुर्याएका छन्।
पहिलो संस्करणको विजेता काठमाडौंले साबिक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो।
झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले झापा गोलविहीन भएको यो दोस्रो खेल बनेको छ।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

