शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्नोल्ड रियल जाने चर्चा, लिभपुरलको ध्यान उपाधितर्फ

मंगलबार, १९ चैत्र २०८१खेलपाटी संवाददाता
अर्नोल्ड रियल जाने चर्चा, लिभपुरलको ध्यान उपाधितर्फ
Loading ad...
mustang rice ad

काठमाडौं। लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको छ। 

तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान उक्त चर्चाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।

‘हामीलाई यी हल्लाहरूले असर गर्दैन। आठ महिनादेखि यी कुराहरू भइरहेका छन्। तर, हामीले सधैं आफ्नो खेलमा ध्यान केन्द्रित गरेका छौं,’ स्लटले भने।

इङ्ग्ल्यान्डका डिफेन्डर अर्नोल्ड लामो समयदेखि रियल जाने चर्चा थियो। अहिले आएर २६ वर्षीय खेलाडी र स्पेनिस क्लबबीच वार्ता सकारात्मक दिशामा अगाडि बढेको बुझिएको छ।

अर्नोल्ड मात्रै होइन, मोहम्मद सालाह र भर्जिल भान डाइक पनि सिजनको अन्त्यमा सम्झौताबाट मुक्त हुने अवस्थामा छन्। तीनै खेलाडीले जनवरीदेखि विदेशी क्लबहरूसँग वार्ता गर्न पाउने नियम अनुरूप अन्य विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।

लिभरपुलले बुधबारको मर्सीसाइड डर्बीमा एभर्टनको सामना गर्नेछ, जुन खेल प्रिमियर लिग उपाधि दौडका लागि महत्त्वपूर्ण हुनेछ।

‘दुर्भाग्यवश उनको (ट्रेन्ड) अवस्था त्यस्तै छ, किनभने उनी घाइते छन्। यदि उनी फिट हुन्थे भने इङ्ग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेको चर्चा हुने थियो,’ स्लटले भने।

लिभरपुल अहिले दोस्रो स्थानको आर्सनलभन्दा १२ अंकले अगाडि रहेको छ र लिगमा केवल नौ खेल बाँकी छन्।

स्लटले आफ्नो टिमको ध्यान उपाधि जित्नतर्फ नै रहेको बताउँदै भने, ‘हामी आगामी नौ खेलमा केन्द्रित छौं। खेलाडीहरू पनि ताजा महसुस गरिरहेका छन्।’

लिभरपुलको एभर्टनविरुद्धको खेल काराबाओ कप फाइनलमा न्यूकासलसँग पराजय र च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन पिएसजीसँग पेनाल्टीमा हारपछि पहिलो खेल हुनेछ।

‘हामी न्यूकासलविरुद्ध राम्रो खेलेका थियौं। पिएसजीविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्यौं,’ उनले भने।

स्लटलाई फेब्रुअरीमा एभर्टनसँग २–२ को बराबरी भएको खेलमा रातो कार्ड देखाइएको थियो। उनी दुई खेलको प्रतिबन्धपछि प्रिमियर लिगमा पुन: टचलाइनमा फर्किनेछन्।

‘म भविष्यमा यस्तै परिस्थितिमा भिन्न तरिकाले प्रतिक्रिया दिने प्रयास गर्नेछु। तर, म ग्यारेन्टी दिन सक्दिन,’ उनले भने। लिभरपुल अब उपाधि जित्नका लागि अन्तिम नौ खेल जित्नुपर्ने दबाबमा छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने