विवादले गर्दा १८ मिनेट ढिला गरेर सुरु भयो चितवन र पोखराको खेल

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र पोखरा थन्डर्सविरुद्धको खेल निर्धारित समयभन्दा झन्डै १८ मिनेपछि सुरु भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल साँझ ६ बजेदेखि सुरु हुनुपर्ने थियो। तर, निर्धारित समय घर्किसकेपछि मात्रै दुवै टोलीका खेलाडी मैदान प्रवेश गरेका हुन्। खेलाडी निर्धारित समयभन्दा १२ मिनेट ढिला गरेर मैदान प्रवेश गरेका थिए।
यस्तै, किक अफ भने निर्धारित समयभन्दा १८ मिनेटपछि भएको हो। स्रोतका अनुसार चितवनका खेलाडीको श्रम स्वीकृति विवादका कारण खेल हुन ढिला भएको हो।
चितवनले पोखराविरुद्धको खेलमा नोडिर माभ्लोनोभ, टोरिक जेब्रिन, जोनाथन क्याम्पबेल, भिक्टर मान्साराय र गोलकिपर अमल नाइट्स उतारेको छ। तर, यी खेलाडीको श्रम स्वीकृतिसम्बन्धी कुरा नमिलेको भन्दै पोखराले आफ्नो खेलाडी मैदान उतार्न अस्वीकार गरेको हो। जसका कारण खेल हुन निक्कै ढिला भएको थियो।
खेलाडी मैदान उत्रिए पनि अहिलेसम्म अफिसियल लाइन अप सार्वजनिक भएको छैन।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

