गोलकिपर दीप नायक बन्दा झापा रोकियो
आइतबार, १७ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनएसल) सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
झापाले पहिलो हाफमा बुटवल लुम्बिनीलाई निक्कै दबाबमा राखेको थियो। दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा समेटिएको थियो।
कप्तान एरिक विष्टले दोहोरो पहेंलो कार्ड बेहोरे। यद्यपि, दीपले लगातार उत्कृष्ट सेभ गर्दै अंक गुमाउन दिएनन्।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

