काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसी भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा यी दुईबीचको खेल साँझ ६ बजे हुनेछ। झापाको यो दोस्रो संस्करण हो।
बुटवलको भने यो तेस्रो संस्करण हो। यी दुईबीच एक खेल भएको थियो। उक्त खेलमा बुटवल १–० ले पराजित भएको थियो।