काठमाडौं। नेपालका तीन रेफ्रीले आई–लिगको उपाधि निणर्यक खेल खेलाउने भएका छन्।
अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का अनुसार आइतबार हुने चर्चिल ब्रदर्स र इन्टर काशीबीचको खेल नेपाली रेफ्रीले खेलाउने भएका हुन्।
चर्चिलको घरेलु मैदान राई पञ्चायतमा खेल अपरान्ह्र ४:४५ बजे हुनेछ। उक्त खेलमा प्रज्वल क्षेत्री मुख्य रेफ्री रहने छन्। यस्तै, नानिराम थापामगर र सहदेव श्रेष्ठ सहायक रेफ्री रहने एआइएफएफले जनाएको छ।
गोवाको क्लब चर्चिल तेस्रो आई–लिग उपाधिनजिक छ। चर्चिलले सन् २००८–०९ र २०१२–१३ मा लिग जितेको थियो। यस्तै, २००७–०८, २००९–१० र २०२०–२१ को सिजनमा चर्चिल उपविजेता भएको थियो।
यो सिजन चर्चिल र काशीले २० खेलबाट समान ३८ अंक जोडेका छन्।