मधेशलाई हराउँदै कर्णालीले निकाल्यो चौथो जित

काठमाडौं। मधेश प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ।
शुक्रबार सम्पन्न खेलमा कर्णाली ८१ रनले विजयी भएको हो। यो नतिजासहित कर्णालीले सात खेलबाट चार जितसहित आठ अंक पुर्याएको छ।
एक खेल कम खेलेको मधेशको भने चार अंक छ। कर्णालीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको मधेशले ३५.२ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो।
मधेशका रुपेश सिंहले सर्वाधिक ३० रन बनाए। ५३ बल खेलेका उनले तीन चौका प्रहार गरे। विशाल पटेल २५ र हरिशंकर साह १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
कर्णालका दीनेश अधिकारीले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४१ रन खर्चिए। दीपेन्द्र रावतले तीन, प्रकाश जैशीले दुई र सुनील धमलाले एक विकेट लिए।
त्यसअघि बुटवलको भैरहवास्थित एक्ट्रा टेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२० रनको योगफल तयार गरेको थियो।
कर्णालीका दीपेन्द्रले सर्वाधिक ६१ रन बनाए। ९२ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्जुन घर्ती २६, दीनेश अधिकारी २४, प्रकाश जैशी २०, कप्तान दिवश पुन १८ र रविन्द्र शाही १३ रनमा आउट भए।
मधेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह र अनिलकुमार साहले समान दुई विकेट लिए।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





