स्मिथले एकदिवसीय फर्म्याटबाट लिए सन्न्यास
बुधबार, २१ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय फर्म्याटबाट सन्न्यास लिएका छन्।
च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा भारतसँग पराजित भएको भोलिपल्टै उनले उक्त निर्णय लिएका हुन्। क्रिकेट अस्ट्रेलियाले बुधबार यो कुरा सार्वजनिक गरेको हो।
मंगलबार भएको खेलमा अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको थियो। प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको नेतृत्व गरिरहेका थिए। उनी टेस्ट खेल्न जारी राख्नेछन् र लामो समयदेखि टी–२० अन्तर्राष्ट्रिय टोलीबाट बाहिर छन्।









-1775932166938.webp&w=3840&q=75)




-1775916660994.webp&w=3840&q=75)