नेपाली यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

काठमाडौं। नेपाली यु–१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउने जानकारी दिएको हो।
नेपालले आइसिसी यु–१९ विश्वकपमा छनोट २०२६ को तयारीस्वरूप अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो। पहिलो खेल अप्रिल ३, दोस्रो ६ र अन्तिम ९ अप्रिलमा हुनेछ।
सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। नेपालले घरेलु मैदानमा अप्रिल १२ देखि २१ सम्म यु–१९ विश्वकपमा छनोट २०२६ एसिया डिभिजन १ को आयोजना गर्दैछ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। त्यसैको तयारीस्वरूप नेपाली टोली बन्द प्रशिक्षणमा छन्।
टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्।









-1775932166938.webp&w=3840&q=75)




-1775916660994.webp&w=3840&q=75)