राष्ट्रिय महिला क्रिकेट टोलीमा दुई नयाँ अनुहार
आइतबार, १८ फाल्गुण २०८१खेलपाटी संवाददाता
-1740924460.png&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा दुई नयाँ अनुहार समेटिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार वुमेन्स डे कप २०२५ युगान्डाका लागि घोषणा गरेको अन्तिम टोलीमा सना प्रविण र रिया शर्मा पहिलोपल्ट समेटिएका हुन्।
ब्याटर सना र लेग ब्रेक रियाले नेपाललाई आइसिसी यु–१९ विश्वकप र एसिया कपमा पुर्याएका थिए। यी दुई खेलाडीले टोलीमा स्थान बनाउँदा अलराउन्डर सीता रानामगर भने बाहिरिएकी छन्। उनी दोस्रो चरणको बन्द प्रशिक्षणमा पनि समेटिएका थिएनन्।
बन्द प्रशिक्षणमा सना प्रविण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छन्। यी खेलाडीले नेपाललाई एसिया कप र आइसिसी यु–१९ विश्वकपमा पुर्याएका थिए।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

