भलिबल खेलाडी सूर्यलाई उपचार खर्चमा सहयोग
आइतबार, फागुन ११, २०८१खेलपाटी संवाददाता
-1740303667.jpeg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ।
कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सूर्यका दाजु सन्तोषलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य घाइते भएको कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन्।











-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)