मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

२०१८ जुन ९, शनिबारखेलपाटी संवाददाता

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २१ औं संस्करण जेठ अन्तिम साताबाट सुरु हुँदै छ । जेठ ३१ गते आयोजक रुस र साउदी अरेबियाबिचको खेलसँगै फिफा विश्वकपको यो संस्करण सुरु हुनेछ ।

फिफा विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा विश्वकपमा धेरै किर्तिमानहरु बनेका छन् । यस्तै किर्तिमानमध्ये विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी को हुन् ? भन्ने आम खेलप्रेमीमा चासो रहन्छ ।

सन् १९३० देखि सुरु भएको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान जर्मनीका पुर्व फरवार्ड मिरोस्लाभ क्लोज हुन् । क्लोजले आफ्नो करियरमा ४ विश्वकप खेल्दै उक्त किर्तिमान बनाएका हुन् ।

 

मिरोस्लाभ क्लोज (जर्मनी)

जर्मनीका पुर्व फरवार्ड मिरोस्लाभ क्लोजले विश्वकपमा १६ गोल गर्दै किर्तिमान बनाएका छन् । क्लोजले चार विश्वकप खेल्दै उक्त किर्तिमान बनाएका हुन् । यो किर्तिमान बनाउन क्लोजले पेले, रोनाल्डो जस्ता लिजेण्ड खेलाडीलाई पछि पारेका छन् ।

क्लोजले सन् २०१४ मा सम्पन्न ब्राजिल विश्वकप आयोजक ब्राजिलविरुद्ध एक गोल गर्दै १६ गोलको किर्तिमान राखेका थिए । यसअघि यो किर्तिमान ब्राजिलका लेजेण्ड रोनाल्डोको नाममा रहेको थियो । सन् २००२ देखि २००६, २०१० र २०१४ को विश्वकप खेलेका क्लोजले विश्वकपमा २४ खेल खेलेका थिए । ब्राजिल विश्वकपपछि उनले सन्यास लिएका थिए ।

 

रोनाल्डो (ब्राजिल)

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा ब्राजिलियन लेजेण्ड रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् । जर्मनीका क्लोजले १६ गोल गर्नुअघि रोनाल्डोकै नाममा किर्तिमान रहेको थियो ।

 

गर्ड मुलर (जर्मनी)

जर्मनीका पुर्व लेजेण्ड गर्ड मुलर पनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् । मुलरले विश्वकप फुटबलमा १४ गोल गरेका छन् । सन् १९७० मा मेक्सिकोमा सम्पन्न भएको विश्वकपमै १० गोल गरेका मुलर सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा आउँछन । सन् १९७४ को विश्वकपमा ४ गोल गर्दै मुलरले १४ गोलको किर्तिमान राखेका थिए । तर, उक्त किर्तिमान रोनाल्डोले तोडेका थिए ।

 

जष्ट फन्टेइन (फ्रान्स)

फ्रान्सका पुर्व फुटबलर जष्ट फन्टेइन विश्वकपमा सर्वाधिक गोल गर्ने चौथो खेलाडी हुन् । फन्टेइनले विश्वकपमा १३ गोल गरेका छन् ।

फन्टेइनले १३ गोल एकै विश्वकपमा गरेका हुन् । जुन किर्तिमान अझै कायम छ । फन्टेइनले सन् १९५८ को विश्वकपमा १३ गोल गर्दै किर्तिमान बनाएका थिए ।

 

पेले (ब्राजिल) 

विश्व फुटबलका लेजेण्ड पेले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ नम्बर छन् । फुटबलको पिता भनेर चिनिने पेलेले विश्वकपमा १२ गोल गरेका छन् ।

ब्राजिललाई ३ पटक विश्वकपको उपाधि दिलाउने क्रममा पेलेले १२ गोल गरेका थिए । ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप जित्दा पेले मुख्य खेलाडी थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित