बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसियामा सर्ने सम्भावना

सोमबार, ०५ फाल्गुण २०८१खेलपाटी संवाददाता
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल मलेसियामा सर्ने सम्भावना
Loading ad...
mustang rice ad

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: खेल्न योग्य नहुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने सम्भावना बढेको छ। 

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको नेपालले पहिलो लेग दशरथ रंगशालमा खेल्ने तय थियो।

प्रारम्भिक तालिका अनुसार यो खेल नेपालमा मार्च २५ हुनेछ। तर, रंगशालामा पुन: खेल्न योग्य नहुँदा यो खेल नेपालले गुमाउने सम्भावना बढेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार अब नेपालले आफ्नो ‘होम म्याच’ मलेसियाको मैदानमै खेल्ने छ।

‘एएफसीका प्रतिनिधि आउनु भएको थियो। तर, रंगशालामा सुधार भए पनि सुरक्षालगायत अन्य कुरामा अझै योग्य नभएको भनेपछि खेल यहाँबाट सर्ने पक्का भएको हो। आधिकारिक कुरा एन्फाको जिम्मेवार निकायले केही दिनमा सार्वजनिक गर्ला,’ एक पदाधिकारीले खेलपाटीसँग भने। 

उनका अनुसार नेपाललेआफ्नो घरेलु मैदानमा खेल्नेपर्ने खेल मलेसियामा खेल्ने छ। मलेसियामा खेल्ने तय भएको लेगको दोस्रो खेल भने नेपालले दशरथ रंगशालामा खेल्ने छ।

नेपालले दशरथ रंगशाला र मैदानमा सुधार गर्न नसक्दा यसअघि पनि ‘होम एन्ड अवे’ खेल पटकपटक गुमाइसकेको छ। नेापलले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेल अरुकै मैदानमा खेल्न परेको थियो। नेपालले युएईसँगको खेल साउदी अरबमा खेलेको थियो। बहराइनसँगको दुबै खेल उसैको मैदानमा खेलेको हो।

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेलेपछि जुन १० मा लाओससँग खेल्ने छ। यो खेल लाओसमै हुने तय छ।

त्यस्तै, अक्टोबर १० मा नेपाल भियतनाम पुग्नेछ। त्यसको पाँच दिनपछि भियतनामले दशरथ रंगशालामा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

१८ नोभेम्बरमा नेपालले पुन: मलेसियासँग खेल्ने छ। त्यसपछि मार्च ३१ मा लाओससँग दशरथ रंगशालामा खेल्दै नेपालले छनोट यात्रा सक्काउने छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित