चौथो येले दोङ बास्केटबल प्रतियोगितामा ३० टिम
२०२५ फेब्रुअरी ९, आइतबारखेलपाटी संवाददाता

धरान। चौथो येले दोङ ओपन महिला तथा पुरुष थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन्।
किरात नयाँ वर्ष येले दोङ ५०८५ ( यलम्वर संवत्) को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रबार आयोजना हुने एक दिने प्रतियोगितामा महिला सात र पुरुष २३ टिमले सहभागिता जनाउने धरान बास्केटबल संघले जानकारी दिएको छ।
प्रतियोगितामा धरान, मोरङ, झापालगायत जिल्ला तथा धरान आसपास क्षेत्रका टिमले सहभागिता जनाउने छन्। उद्धघाटन खेल झुनाज फिटनेस र शप्तरङ्गि बास्केटबल टिम ए बीच हुनेछ ।
प्रतियोगिताका विजेताले पुरुषतर्फ ३० र उपविजेताले १५ हजार प्राप्त गर्नेछन्। यसै गरी महिलातर्फका विजेताले २० र उपविजेताले १० हजार प्राप्त गर्नेछन्।