बैतडीको जितमा दिवनको अलराउन्ड प्रदर्शन

काठमाडौं। दिवन पुनको अलराउन्ड प्रदर्शनसँगै क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई पराजित गर्दै दशरथ चन्द्र एकेडेमी बैतडीले अर्जुन ट्रफीमा पहिलो जितहात पारेको छ। बिहीबार भएको खेलमा बैतडी १६ रनले विजयी भएको हो।
जितसँगै बैतडीले तीन खंलबाट दुई अंक जोडेको छ। क्रिकेट एक्सिलेन्ट सेन्टरको भने समान खेलबाट दुई अंक नै छ। बैतडीले दिएको १६१ रनको लक्ष्य पछ्याएो काठमाडौंले दुई बल बाँकी रहँदा १४४ रन मात्रै बनाउन सक्यो।
काठमाडौंलाई रोक्न सल्लाहुदिनले सर्वाधिक पाँच विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले १४ रन मात्रै खर्चिए। दिवन पुनले तीन विकेट लिँदा रुपेश सिंहको नाममा एक विकेट रह्यो।
काठमाडौंका राज साहले सर्वाधिक ३७ रन बनाए। अविजित रहेका उनले ३३ बलमा चार चौका प्रहार गरे। दीपेन्द्र रावत ३२, शुभ कंशकार २६ र नन्दन यादव २० रनमा आउट भए।
त्यसअघि बैतडीले आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो। बैतडीका दिवन पुनले सर्वाधिक ४३ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। बसन्त खत्री ३२ र अमर रौटेला २९ रनमा आउट भए।
काठमाडौंका दीपेन्द्र रावत र सूर्य तामाङले समान एक विकेट लिए।










-1773655510163.jpeg&w=3840&q=75)
-1773650309203.jpeg&w=3840&q=75)




