१७ वर्षीया रचनाको डेब्यु
२०२५ फेब्रुअरी ४, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। स्पिनर रचनाकुमारी चौधरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेकी हुन्। उनले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले डेब्यु क्याप दिएका हुन्।
१७ वर्षीया रचनाले मलेसियामा सम्पन्न यु–१९ विश्वकपमा नेपाली टोलीको प्रतिनिधित्व गरेकी थिइन्। चार इनिङ्स १३.२ ओभर बलिङ गरेकी उनले ६ विकेट लिएकी थिइन्।
उनले मलेसियाविरुद्धको प्लेअफ खेलमा तीन ओभर बलिङ गर्दै एक मेडनसहित पाँच रन खर्चिएर तीन विकेट लिएकी थिइन्। उनको त्यो नै प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शन थियो। उनी राष्ट्रिय टोलीमा डेब्यु गर्ने ३७औं खेलाडी हुन्।