काठमाडौं। ब्याटर चल्न नसक्दा थाइल्यान्डले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सलाई ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको हो।
थाइल्यान्डकी चानिदा सुथिरुङले सर्वाधिक २७ रन बनाइन्। २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। फन्निता मायाले ३१ बलमा १२ रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई विकेट लिए।