न्यु डायमन्डलाई हराउँदै आयोजक टोली फाइनलमा

पोखरा। न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा न्यु डायमन्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोली उपाधिनजिक पुगेको हो।
पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित गर्यो। टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो। आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपिएफसँग खेल्नेछ। पराजित भएको न्यु डायमन्ड तेस्रो बनेको छ। तेस्रो बनेको न्यु डायमन्डले एक लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो।
अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साढे १ बजेबाट सुरु हुने तालिका छ। यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ।












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
-1761464835584.webp&w=3840&q=75)