गण्डकीले एपिएफलाई हरायो

पोखरा। गण्डकी प्रदेशले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो। गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो। अब गण्डकी र एपिएफले हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन्। त्यसपछि शीर्ष स्थानमा रहने टोलीले इलिमिनेटर खेल्नेछ।
यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए। आयोजक टोलीले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।
महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन्। पुलिस र न्यु डायमन्डले इलिमिनेटर खेल्नेछन्। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

