शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने

बुधबार, ०९ माघ २०८१खेलपाटी संवाददाता
राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने भएको छ।

आयोजक संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने जानकारी गराएका हुन्। पुरुष/महिलाको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचियर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ।

सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिने छ। सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए। प्रतियोगिताको कुल पुरस्कार राशि करिब १८ लाख रुपैयाँ रहेको छ। गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ। हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ। चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन्।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ। ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने