• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने
खेलपाटी संवाददाता
बुधबार, माघ ९, २०८१ खेलपाटी संवाददाता
राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने

काठमाडौं। नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने भएको छ।

आयोजक संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने जानकारी गराएका हुन्। पुरुष/महिलाको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचियर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ।

सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिने छ। सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए। प्रतियोगिताको कुल पुरस्कार राशि करिब १८ लाख रुपैयाँ रहेको छ। गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ। हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ। चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन्।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ। ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP