• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बागमतीको दुई थरी प्रदर्शन
खेलपाटी संवाददाता
बुधबार, माघ २, २०८१ खेलपाटी संवाददाता
बागमतीको दुई थरी प्रदर्शन

काठमाडौं। यो त्यही बागमती युथ क्लब हो? होइन होला? कि हो? एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा सर्लाहीको क्लबले विभागीय टोलीमाथि पहिलो हाफमा गरेको प्रदर्शनले धेरैलाई यसरी नै कन्फियुज बनाउँछ।

किनभने यसअघिका दुई भेटमा बागमतीले एपिएफलाई यति लामो समय गोलरहित बराबरीमै रोक्न सकेकै थिएन। ती भेटमा बागमती ७–० र ५–१ ले पराजित भएको थियो। राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको एपिएफले लोकल टोलीविरुद्ध यतिको नतिजा निकाल्नु कुनै तवरबाट अन्याय हुँदै होइन।

यसपल्ट पनि एपिएफले बागमतीलाई ६–० को जित नै निकाल्यो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भने बागमतीका डिफेन्डरहरूले दर्शकलाई मात्रै होइन, एपिएफको टोलीलाई नै आफ्नो प्रदर्शनबाट झुक्कायो।  

बागमतीले खेलको ४०औं मिनेटसम्म एपिएफलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। यो बीचमा एपिएफले आधा दर्जनभन्दा बढी अवसर नबुनेको होइन। यद्यपि, बागमतीले कसिलो डिफेन्सबाट एपिएफको अग्रपंतीलाई निकै दबाब दियो। त्यही दबाब झेल्न नसकेका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेको छटपटी त टचलाइनमा स्पष्टै देखिन्थो।

यही अवस्थामा जीवेशले पहिलो हाफमै डिफेन्डर प्रतीक्षा चौधरीको स्थानमा मिडफिल्डर अनिता केसीलाई पठाएका थिए। तर, उनी पनि मैदानमा खुल्न सकिनन्। त्यति बलियो प्रदर्शन गर्दागर्दै पनि ४२औं मिनेटमा एपिएफले अन्ततः बागमतीको त्यो सोलिड डिफेन्सलाई सेटपीसमा ब्रेक गर्‍यो। 

कप्तान अनिता बस्नेतको कर्नरबाट आएको बललाई रश्मिकुमारी घिसिङले हेडरमार्फत पोस्टको दिशा देखाइन्। त्यो बललाई रोक्न कप्तान सुजता तामाङले ड्राइभ नलगाएकी होइनन्। तर, डिफेन्डर सुनिता भोलान र उनीबिच तालमेल मिल्न नसक्दा गोल हुन पुग्यो। त्यो गोल अनपेक्षित रह्यो। किनभने ओपन प्लेमा बागमतीले कुनै अवसर नै बनाउन दिएको थिएन। लगत्तै सविता रानामगरको क्रसमा आएको बललाई सिक्स यार्ड बक्सनजिकबाट रश्मिले नै अर्को गोल थपिन्।

रश्मि लिगको सर्वाधिक गोलकर्ता हुन्। यी दुई गोलसँगै उनले आफ्नो गोलसंख्या २७ मा पुर्‍याएकी छन्। तर, उनी केही खेलमा भन्ने चल्न सकेकी थिइन्। त्यसपछि भने बागमतीले आफ्नो स्वरूप फेरेको हो। पहिलो हाफ हेर्दा कुनै इफोर्ट नै नगरेको जस्तो देखिए पनि दोस्रो हाफमा एपिएफको आक्रमणले बागमतीलाई सम्हालिनै दिएन। 

५४औं मिनेटमा अनिताको हेडर बागमतीकी रक्षक सेमिहाङ्मा लिम्बूलाई लाग्दै गोल भएपछि एपिएफको अग्रता ३–० मा पुग्यो। त्यसको एक मिनेटमै सरु लिम्बूले अर्को गोल थपिन्। निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा प्रीति राई र इन्जुरी समयमा सरुले पुनः गोल थप्दै खेल ६–० मा टुंग्याइन्।

बागमतीले यस खेलमा हार बेहोरे पनि पहिलो हाफमा देखाएको प्रदर्शन प्रशंसनीय रह्यो। चौथो खेलबाट मात्र तीन अंक जोड्न सकेको बागमतीले लिगको चौथो स्थानमा छ। पाँच खेलबाट १५ अंक पुर्‍याएको एपिएफले प्लेअफमा स्थान बनाइसकेको छ। समान खेलबाट १०/१० अंक जोडेका नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पनि यो यात्रा तय गरिसकेका छन्।

बाँकी रहेको एक स्थानमा लागि बागमती र वालिङ नगरपालिका नै प्रत्यासी हुन्। तीन खेल खेल्न बाँकी रहेको वालिङले कुनै अंक जोड्न सकेको छैन। यो टोलीले त बागमतीसँग अर्को खेल खेल्न बाँकी नै छ। यस्तोमा लिगको चौथो स्थानमा रहेको बागमतीले प्लेअफमा स्थान बनाउने आफ्नो सम्भावना जीवितै राखेको छ।

यदि आगामी खेलमा बागमतीले पुलिसलाई रोकी वालिङलाई पराजित गर्न सक्यो भने प्लेअफमा प्रवेश गर्न सक्छ। अर्कोतर्फ वालिङलाई भने जितको विकल्प रहने छैन।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP