रमितको मुम्बईमा शतकीय इनिङ्स

काठमाडौं। डीसीएका रमित कार्कीले मुम्बई टुरको तेस्रो खेलमा शतक प्रहार गरेका छन्।
मुम्बईको आजाद मैदानको न्यूइरा पिचमा मारीया क्रिकेट ऐकेडेमीविरुद्ध को खेलमा रमित कार्कीले शतक हानेका हुन्।
कार्कीले ११५ बलमा १३९ रन बनाए। उनको शतकको सहयोगमा डीसीएले मारीया क्रिकेट ऐकेडेमीलाई २१० रनको लक्ष्य दिएको छ।
क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।
यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।











-1770799852128.png&w=3840&q=75)


