वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य
सोमबार, २९ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिज अभ्यास खेलमा नेपाललाई ११० रनको लक्ष्य दिएको छ।
मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रन बनाएको हो।
वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाइन्। ३३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। यस्तै, ओपनर असाबी क्यालेन्डर २३, जहजारा क्लाक्सटन २२ र अबिगेल ब्राइसले १९ रन बनाउँदा अमृता रामतहालले १० रनको योगदान दिइन्।
नेपालका रचनाकुमारी चौधरी र सिमना केसीको नाममा समान एक विकेट रह्यो।







-1766305902285.jpeg&w=3840&q=75)



-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)
