• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता
खेलपाटी संवाददाता
शुक्रबार, पुस १९, २०८१ खेलपाटी संवाददाता
ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता

काठमाडौं। ई–स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ।

संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई–स्पोर्ट्स च्याम्पियनसिप आगामी फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो।

च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए।

प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ। अन्तिम चरणमा ई–फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागि हुनेछन्।

इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ। सम्झौता अनुसार स्पलाई अनलिमेटेड अन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ।

इशानका अध्यक्ष अन्जन धमलाले ई–स्पोर्ट्सका विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए। धमलाले नेपाल प्लेजसँग लामो समयसम्म सहकार्य गर्दै ई–स्पोर्ट्स विकासमा अघि बढ्ने बताए। ‘इशानले छोटो समयमै विभिन्न स्थानिय राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ। यो विश्वमै धेरै रिभेन्यु जेनेरेट गर्ने खेल बनिसकेको छ। नेपालमा पनि यसको राम्रो सम्भावना छ,’ इशान अध्यक्ष धमलाले भने।

धमलाले ई–स्पोर्ट्स खेल्दा अहिले पनि समाजमा नकरात्मक सोच रहेको भन्दै अब समाजमा फरक किसिमको सोच बनाउनका लागि ई–स्पोर्ट्स च्याम्पियनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई–स्पोर्ट इतिहासमै यो कोशेढुंगा सावित हुने बताए। ‘हामी ई–स्पोर्ट्स समुदायलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेका छौं। यो नेपाली ई–स्पोट्मै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौँ।’ श्रेष्ठले भने।

यस्तै श्रेष्ठले नेपालमा गेमिङ संस्कृति विकास गर्ने र भविष्यमा गेमिङ पनि करियरको विकल्पको रुपमा लैजाउने योजना रहेको बताए। च्याम्पियनसिपमा नेपालको ई–स्पोर्ट्स क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि रहेको ई–स्पोर्ट्स संघले जनाएको छ।

च्याम्पियनसिपको कूल पुरस्कार राशी (प्राइज पुल) २५ लाख रहेको छ। इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशि रहेको बताए। यसैबाट ६ विधाका विजेता उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ। कार्कीले नेपाली ई–स्पोर्ट्सको विकास र ई–स्पोर्ट्स संघको पनि विकास गर्ने उदेश्य हो।

महासचिव कार्कीले ई–स्पोर्ट्समा रुची राख्ने खेलाडीहरुका लागि संघले कार्यक्रम बनाईरहेको र यस प्रतियोगिताबाट आम जनतामाफ यस खेलको बारेमा अझ राम्रोसँग जानकारी गराउने उदेश्य रहेको बताए। च्याम्पियनसिपमा सहभगि हुन चाहने खेलाडीहरुले पुस २० गते अर्थात भोलीदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन्। नाम दर्ता निःशुल्क रहेको छ।

च्याम्पियनसिपका लागि कूल बजेट ३ करोड ७० लाख रहेको उज्जेनलाल श्रेष्ठले जानकारी दिए। उक्त बजेट विभिन्न प्रायोजकहरुबाट उठाउने उनले बताए। दोस्रो ई–स्पोर्ट्स च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा ई–गेमिङका प्रवर्धक समेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ। पत्रकार सम्मेलनकै अवसरमा इशानले बस्नेतलाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक गरेको थियो।

ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ईस्पोर्ट्स खेल मात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए। इशानले संघ स्थापना भएको तेस्रो महिनमै गत पुसमा सुर्खेतमा ई–स्पोर्ट्सको पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो।

नयाँ आर्थिक वर्षमा वार्षिक क्यालेन्डरकै घोषणा गरेर इशानले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ। जस अन्तर्गत बागमती ई–स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गरिसकेको छ भने इन्टर कलेज ई–स्पोर्ट राष्ट्रिय च्याम्पियनसिप सञ्चालन भइरहेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP